म नारायण आले यहाँ हरु सबै लाइ हार्दिक स्वागत गर्दछु
.

Tuesday, June 5, 2012

Sajha Sawal (साझा सवाल) 05/06/2012

फोरम लोकतान्त्रिकबाट भण्डारी साधारण सदस्यसमेत नरहने गरी निश्कासित

जेठ २३- मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक)ले सो पार्टीका नेता शरत् सिंह भण्डारीलाई साधारण सदस्य समेत नरहने गरी पार्टीबाट निष्काशन गरेको छ। पार्टीको आज बसेको केन्द्रीय समितिको बैठकले पार्टी नीति विपरीत गतिविधि गरेको भन्दै भण्डारीलाई निस्काशन गरेको जनाएको छ। पार्टी विधानको धारा २७(क) अनुसार केन्द्रीय अनुशासन आयोगको सिफारिस गरे बमोजिम पार्टी विधानको धारा २७(घ)को ५ नं बुँदा अनुसार उनलाई निस्काशन गरेको कार्यालय सचिव परमानन्द मेहताले जानकारी दिए। पार्टी हितविपरीत गतिविधि गरेको भन्दै अनुशासन समितिका संयोजक हेमराज तातेडले केही दिन पहिले गोरखापत्रमा सार्वजनिक सूचना छापी उनलाई स्पष्टीकरण सोधेका थिए। भण्डारीले संविधान सभाको नयाँ निर्वाचन तोक्ने सरकारको निर्णयको विरोध गर्दै कङ्ग्रेस-एमाले लगायतका पार्टीहरुले राष्ट्रपतिलाई जेठ १४ मध्यरातमा बुझाएको ज्ञापन पत्रमा हस्ताक्षर गरेका थिए। उनले आफूलाई निश्कासन गर्न रोक्नुपर्ने माग गर्दै हिजो सर्वोच्चमा रिटसमेत दायर गरेका थिए। रासस

Saturday, June 2, 2012

जातिय राज्य होइन

लेखक:नारायण आले


टुक्रिएको जातीय राज्य चाहिदैन भो मलाई
सबैलाई एउटा फूलबारीको फुल बनाए हुन्छ ||

आफ्नै भाइ भाइ बीच झैँ झगडा होइन मलाई
मेल मिलाप समझदारीको पुल बनाए हुन्छ ||

आफ्नै देश भीत्र डराउन पर्ने न बनाउ मलाई
क्षेत्रि बाहुन मगर लीम्बु बरु सबै नेपाली बनाए हुन्छ ||

राज्येको सिमानामा न बेच आफुले आफै लाई
सिंगो नेपालको हामी सबै नेपाली नाम दिए हुन्छ ||

गयेउ किन


नारायण आले 

छहरे र खहरेको याद बनी गयेउ कीन
खडेरीको बर्षात बनि झुटो माया लायेउ कीन?

मेरो चोखो माया ले न पुग्ने भए पछी
झुठको फूलबारीमा गुलाब सार्येउ कीन?

आफ्नै हातले मायाको गला रेट्ने भए 
प्रेम रुपी धारण गरी समिप आयेउ कीन?

मलाइ छोडी एक्लै टाढा टाढा जाने भए 
खोला तर्दा जन्घारमा हात सामायेउ कीन |

चिठी उनीलाई



शिर्षक:""पत्र छोडेर जाने निष्ठुरीलाई""
लेखक:पेज वोनर[पेज परिकल्पना|
नारायण आले
पिर्ये निस्ठुरी
↓↓↓↓ ↓↓↓
कुन सब्दले सम्बोधन गरु जब मेरो समिप थियेउ प्राण पिर्ये भन्थे अब त अरुकोंई भएको छौ मात्रै निस्ठुरी भन्छु रिसले होइन मायाले झर्को न मान ल?समय खै कता जादै छ तर म भने आफै लाई पाको बनाउदै गएको छु|कुनै कुनै कुरा हरु याद गर्दा झसंग हुन्छु अनी फेरी आफुलाई त्यो क्षेण बाट टाढा लैजाने पर्यास गर्छु|फेरी पनी मन नैत हो उतै धकालेर पिडा दिन्छ|बिगतको ति सुनौलो समय अनी हाम्रो मायाको सम्बोधन गर्ने तरिका पनि क्या अजिब थियो हगी?कहिले काले,काली,कहिले बादर बदार्नी. कहिले पग्ला,पग्ली,अचम्म लाग्छ त्यो दिन हरु लाई सम्झना गर्दा|सबैले भन्थे धेरै माया पनि न गर्नु आफ्नो हुदैन भनेर हो रहेछ|के थाहा समय आफै माथी उल्टो भैदिन्छ भनेर|बल्ल थाहा पाए अचानोको पीर|आफैले भोगेर हुनत सबै कुरा मनले चाहेको पनि त हुदैन फेरी पनी कोसिस गर्दा गर्दै न मिल्नु भनेको जिन्दगीको सबै भन्दा दुखद घडी हुदो रहेछ|जे होस् तेती हार पनि मानेको छुइन|मात्रै अतितले अलि कम्जोर बनाएको छ|मेरो येथा इस्थिती येस्तै गुज्रेको छ तिम्रो सुखद जिन्दगीको सुखद पल हरुको कामना गर्दै|एकान्तमा बस्दै तिम्रो मुहारलाई एउटा खुशीको मध्येम बनाएको छु"तिमि साथ् न भएर के भयो त तिम्रो हरेक गती बिधी\ले मेरो साथ छोडेको छैन|मुस्कुराउने बानीले मलाई कहिलेता सच्चाई एकान्तमा पनी हसाई दिन्छ|अनी त्यो थियो नि झुक्याउने बानी के कहिले काही म आफै पनि झुक्कीन्छु|र पनि झस्किन्छु साएद म पनि कस्तो मान्क्षे एक्लै पागल जस्तो बस येस्तै येस्तै सोच्दै अनी रमाउदै हास्दै रुदै दिन हरु कटाई रहेको छु|नजिक हुदा तेस्तो फोन गर्ने अनी भेट्ने हामि आज मेरो फोनको रिंग पानि बज्नै छोडेको छ|फोनको ध्यान पनि जादैन कहिले काही समय हेर्न मात्रै फोन खोज्छु|धेरै भो फोनमा बादर भनेको पनि सुन्न न पाएको|आजकल मत जिन्दगी लाई कथा बेथा को संगम मान्दै भौतारीदै छु|
;;;;;;;
;;;;;;सानु मलाइ तिम्रो माया न भएको होइन धेरै थियो अझै पनी माया गर्छु तर के गर्नु येस्तई रहेछ विधिको खेल आज यता र उता बनायो हामी दुई लाई|म पनी छक्क पर्छु|अनी सुन्येतामा हराउछु आज एक्लै यात्रा गर्न बाध्य छु|के गर्नु त हगी येस्तई रहेछ जिन्दगी|खाना खादा पनी मुखमा न जादै रोकिन्छु|तिमीले सधै खाना समएमा खाने बानी गर्नु भन्थेउ अनी खाना खानु भयो त ?भनेर सोध्थ्यो|अनी म पनी सकारात्मक हुदै खाए पिर्ये अनी तिमीले?येस्तई येस्तई मिठो थियो हगी हाम्रो माया|अनी सानो बिमारी रुघा खोकी हुदा पनी औसधी बोकेर आएर मेरो समिप आइ रुने गर्थ्येउ|त्यो समय के सपना थियो त?मलाई अहिले सपना जस्तै लाग्छ|आज एक्कासी म बाट टाढा भएर अरुकै साथमा रमाउदापागल जस्तै पनी भए तर के गर्नु सोचे जिन्दगी लामो छ|हार मान्नु हुदैन भनेर गंतब्ये तिर एक्लै लाग्दै छु|जहा तिम्रो बाटो को चौतारीमा सुस्केरा मार्दै थकाई को भारि बिसाउदै जादा धेरै यात्री भेटे सबैले तिम्रै माया लाई मात्रै झस्काए|सुनेको छु तिमी एकान्त मा रुने गार्छौरे"किन रुन्छौ?तिमी लाई रोएको सुहाउदैन नी|मैले भनेको बिर्सेयु तिम्रो सुन्दर अनुहार म न डुबाउ गजल बगे दिन्छ अनी न राम्री हुन्छु भनेको थिए अनी तिमी भन्थेउ मा तपाइको साथ पाउ दा किन रुनु?म सधै हासिरहन्छु भंथ्येउ तर आजकल किन रुदै छौ|धोका मैले होइन तिमीले दिएको हो फेरी तिमी आफ्नै जिन्दगी देखि किन रुन्छौ?न रुनु ल म दुख मा घेरिए पनी तिम्रो खुशिकोकमाना गरी रहन्छु|तिमी हजारौ जुनी बच्चु भने म पटक पटक मारी रहन्छु|सधै खुशी अनी सुखी जिन्दगीको कामना गरी रहन्छु|लत आजलाई एतीनै|उही तिम्रो हुन् न सकेको ||

यात्रामये जिन्दगीमा तिम्रै हुनेछु म


मलाइ बिर्सिएर टाढा न हुनु है सानु
माया मारेर पराइ चाही न हुनु है सानु ||

यात्रामये जिन्दगीमा तिम्रै हुनेछु म 
बिर्सिएर छोडी अर्कैको न हुनु है सानु ||

गंतब्ये बिहिन माया को गोरेटोमा 
रिसाएर सत्रु चाही न हुनु है सानु ||

कथा बेथा को मन मन्जरिमा तिमी
च्यातिएर जाने पन्ना न हुनू है सानु ||

मन मुटुको मायाको गहिराइमा तिमी
बगेर जाने आसु चाही न हुनू है सानु ||


मलाइ बिर्सिएर टाढा न हुनु है सानु
माया मारेर पराइ चाही न हुनु है सानु ||
Related Posts Plugin for WordPress, Blogger...

BANNER EXCHANGE

BANNERS EXCHANGE
Banner Share yours too : info@thoolapokhara.com

Today Nepali Exchange Rate Automatic Upgrade