म नारायण आले यहाँ हरु सबै लाइ हार्दिक स्वागत गर्दछु
.

Tuesday, June 5, 2012

फोरम लोकतान्त्रिकबाट भण्डारी साधारण सदस्यसमेत नरहने गरी निश्कासित

जेठ २३- मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक)ले सो पार्टीका नेता शरत् सिंह भण्डारीलाई साधारण सदस्य समेत नरहने गरी पार्टीबाट निष्काशन गरेको छ। पार्टीको आज बसेको केन्द्रीय समितिको बैठकले पार्टी नीति विपरीत गतिविधि गरेको भन्दै भण्डारीलाई निस्काशन गरेको जनाएको छ। पार्टी विधानको धारा २७(क) अनुसार केन्द्रीय अनुशासन आयोगको सिफारिस गरे बमोजिम पार्टी विधानको धारा २७(घ)को ५ नं बुँदा अनुसार उनलाई निस्काशन गरेको कार्यालय सचिव परमानन्द मेहताले जानकारी दिए। पार्टी हितविपरीत गतिविधि गरेको भन्दै अनुशासन समितिका संयोजक हेमराज तातेडले केही दिन पहिले गोरखापत्रमा सार्वजनिक सूचना छापी उनलाई स्पष्टीकरण सोधेका थिए। भण्डारीले संविधान सभाको नयाँ निर्वाचन तोक्ने सरकारको निर्णयको विरोध गर्दै कङ्ग्रेस-एमाले लगायतका पार्टीहरुले राष्ट्रपतिलाई जेठ १४ मध्यरातमा बुझाएको ज्ञापन पत्रमा हस्ताक्षर गरेका थिए। उनले आफूलाई निश्कासन गर्न रोक्नुपर्ने माग गर्दै हिजो सर्वोच्चमा रिटसमेत दायर गरेका थिए। रासस

No comments:

Post a Comment

Related Posts Plugin for WordPress, Blogger...

BANNER EXCHANGE

BANNERS EXCHANGE
Banner Share yours too : info@thoolapokhara.com

Today Nepali Exchange Rate Automatic Upgrade